site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय एकता र मेलमिलाप दिवस आज मनाउँदै छ । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गरेको छ । 

कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको ४८ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूलाई  बोलाइएको छ । 

कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्