site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चाबेलबाट एक पुरुष ‘अपहरण’ गरेर गागलफेदीमा बन्धक, चार आरोपित पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको चाबेलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’मा परेको खुलेको छ । एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ । शनिबार र आइतबार (हिजो र आज) गरी प्रहरीले तामाङको अपहरणमा संलग्न आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ ।

चार युवाले तामाङलाई आफूहरू प्रहरी भएको भन्दै चाबेलबाट काठमाडौंकै गागलफेदीको एक रेस्टुरेन्टमा पुर्‍याएर बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई बन्धक बनाएर १३ लाख ५० हजार रुपैयाँ फिरौती लिइएको थियो । तामाङले चिनियाँ नाका रसुवा क्षेत्रमा दोभासेको काम गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro