site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युभेन्ट्सको जितमा राबियोटको निर्णायक गोल

काठमाडौं । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले एएस रोमाविरुद्ध १–० को कठिन जित निकालेको छ । शनिबार घरेलु मैदान एलियन्ज रंगशालामा युभेन्टसलाई जित दिलाउन एड्रियन राबियोटले गरेको गोल निर्णायक बन्यो ।

राबियोटले खेलको ४७औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा युभेन्ट्सले तीन अंक सुनिश्चित गरेको हो ।

जितसँगै १८ खेलमा ४३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलानभन्दा दुई अंकले पछि छ । समान खेलबाट ४५ अंकसहित इन्टर शीर्ष स्थानमा छ । पराजित रोमा भने समान खेलबाट २८ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

लिगअन्तर्गकै शनिबार राति नै भएका अन्य खेलमा इन्टर मिलानले सासौलो, सालेर्निटानले भिरोना र एट्लान्टाले लिसमाथि समान १–० को जित निकाले । यस्तै, लाजियोले फ्रोसिनोनेलाई ३–१ र युडिनेसले बोलोग्नालाई ३–० ले हराउँदा काग्लियारी र इम्पोली गोलरहित बराबरीमा रोकिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro