site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्यादती बन्द र विद्यार्थीमाथिको कारबाही तत्काल फिर्ता गरियोस् : डा. केसी
फाइल तस्बिर ।

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको ‘ज्यादती’ र ‘ठगी’ तत्काल बन्द गर्न माग गरेका छन् । मेडिकल विद्यार्थीमाथिको ‘नाजायज’ कारबाही फिर्ता लिन पनि उनले माग गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै उनले काठमाडौं मेडिकल कलेज (केएमसी)ले हालै रेजिडेन्ट चिकित्सकमाथि गुन्डागर्दीपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । अमानवीय रूपमा पाठ्यक्रमबाहिरको काममा विद्यार्थीलाई लगाइएको उनले उल्लेख गरेका छन् । विद्यार्थीलाई निलम्बन समेत गरिएको उनले विज्ञप्तिमा खुलाएका छन् ।

डा. केसीले विज्ञप्तिमा केएमसीको नामै भने उल्लेख गरेका छैनन् । उनले ‘काठमाडौंस्थित एक मेडिकल कलेज’ भनेका छन् । केएमसीमा त्यस्तो घटना भएको थियो ।

“उक्त कलेजका सञ्चालक पहिल्यैदेखि विभिन्न अपराधहरूमा संलग्न भएर बेलाबेला फरार हुने र पक्राउ पर्ने समेत गरेका छन्,” डा. केसीले लेखेका छन्, “अझै उनको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा टुंगिएको छैन । उनकै अर्को कलेजमा यस अगाडि इन्टर्न चिकित्सकहरूमाथि गुन्डागर्दी भइसकेको छ ।”

विज्ञप्ति पढ्नोस्–

प्रेस विज्ञप्ति

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं । साथै विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकारका लागि समेत हाम्रो मुख्य एजेण्डा रहेको  छ ।

यसैबीच काठमाडौंस्थित एक मेडिकल कलेजले हालै रेजिडेन्ट चिकित्सकहरुमाथि गुण्डागर्दीपुर्ण व्यवहार गरेको, अमानवीय रुपमा पाठ्यक्रमबाहिरको काममा विद्यार्थीलाई लगाएको तथा विद्यार्थीलाई निलम्बन समेत गरेको छ । उक्त कलेजका सञ्चालक पहिल्यैदेखि विभिन्न अपराधहरुमा संलग्न भएर बेलाबेला फरार हुने र पक्राउ पर्नेसमेत गरेका छन् । अझै उनको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा टुंगिएको छैन । उनकै अर्को कलेजमा यस अगाडि इन्टर्न चिकित्सकहरुमाथि गुण्डागर्दी भइसकेको छ ।

साथै उक्त कलेजका प्रिन्सिपल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको पदाधिकारी छँदा ठूलो भ्रष्टाचार काण्डमा छानविनमा परेका तथा जयराम गिरी प्रतिवेदनले उनीलगायतका पदाधिकारीहरुको अनियमितता खुलाइ कारवाहीको सिफारिस गरेको थियो ।

चिकित्सक उत्पादन गर्नेजस्तो संवेदनशील काममा यस्ता आपराधिक पृष्ठभुमिका मानिसहरु संलग्न हुनु तर पनि विधिको शासन कायम गर्न भनेर बनेका राज्यका निकायहरु आँखा चिम्लेर बसिरहनु, न्यायालयले छानी छानी राजनीतिक दलका अपराधीहरुलाई दया देखाउनु दुर्भाग्यको कुरा हो ।

त्यसैले तत्काल उक्त कलेज लगायत माफिया र अपराधीहरुले चलाएका सबै मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारवाही तत्काल फिर्ता गर्न माग गर्दर्छौं ।

साथै हामीले हालैको सत्याग्रहमा माग गरेझैं गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरु गर्ने लगायतका मागहरु पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं । साथै सर्वोच्च अदालतका कारण रोकिएको चिकित्सा शिक्षा आयोगका निर्देशकहरु पुर्ति गर्ने कामका लागि तत्काल बाटो खोल्न तथा मेडिकल शिक्षाजस्ता संवेदनशील क्षेत्रमा आदेश दिंदा आवश्यक संवेदनशीलता दर्शाउन पनि सम्मानित न्यायालयलाई स्मरण गराउँछौं ।

डा. गोविन्द केसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro