site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सौगात मल्लको यस्तो लुक्स, कसरी भयाे सम्भव ?

काठमाडौं । रातको समय, चकमन्न सहर । एउटा पुरुष उभिरहेको छ । एक हातले पाउरोटी बोकेको पुरुष अर्को हातले मुस्किलले लाज छोपेको कपडाको टालो समाइरहेको छ । पाउरोटी कसैले उसको हातमा भर्खरै हाल्दिएको छ । 

टाँक नभएको मैलिएर काती भएको सट लगाएको छ । लगाएको पनि के भन्नु भिरेको छ । झुस्स दारीजुंगा, वर्षौंसम्म पानी नपरेको जुङरुंग कपाल । शरीरभरी मैलाेको लेग्रैलेग्रा । कमजोरीले सिधा हुन पनि नसकेको शरीर । भलै सिक्सप्याक बडी भने देखिन्छ । यो हुलिया अरु कसैको नभएर अभिनेता सौगात मल्लको हो । 

यो लुक्स सौगातले गोरखपुरमा तयार गरेका थिए । “विश्वमै यो वर्ष अधिक गर्मी छ भन्ने हल्ला चलिरहेका बेला म यो क्यारेक्टर निर्माण गरिरहेको थिएँ,” सौगात बाह्रखरीसँग भन्छन्, “गर्मीको समयमा यस्तो लुक्समा बस्न निकै कठिन भइरहेको थियो ।” तर केही राम्रो काम आउँदै छ भन्ने कुराल भने रमाइलो अनुभूति पनि सँगसँगै भइरहेको स्मरण गर्छन् सौगात । 

करिब ३० दिन यो क्यारेक्टरमा बसे उनी । कपडा मैलो चाहिएको थियो । त्यसैले उनले सडकमा देखेका केही व्यक्तिको तस्बिर खिचेका थिए । 

“मैले खिचेका तस्बिर हेरेर प्रोडक्सनले कपडा जुटायो । मैलो कपडा चाहिएकाले मैले थुप्रै दिन यो कपडा लगाएँँ । धुलोमा बसेँ । गोबर पनि दल्ने काम भयो,” सौगात भन्छन्, “तर लुगा कहिल्यै टक्टक्याइनँ । धुने त कुरै भएन ।” 

कहिल्यै नलगाएको कातीजस्तो कपडा लगाएर बस्थे । नुहाउँदा  सफा देखिन्थ्यो भन्ने डर थियो । त्यसैले नुहाएनन् । “शरीर चिलाउँथ्यो । खटिरा आउँथ्यो । जहाँ खटिरा आउँथ्यो र चिलाउँथ्यो, त्यहाँ पानीले पुछ्थेँ,” उनी भन्छन्, “पछि–पछि त खटिराए आएर निकै दुःख पाएँ । शरीरमा खटिरा आएको ठाउँमा पुछे पनि कपाल नुहाउँदा सफा देखिन्थ्यो । त्यसैले एक महिनासम्म कपाल धुइनँ ।”  

चलचित्र ‘अगस्त्य–भाग १’ का लागि उनले निर्माण गरेको चरित्र हो । सौगात भर्सटाइल अभिनेता हुन्, भन्ने यो लुक्सले पनि पुष्टि गर्छ । उनले फरक लुक्सका लागि यो सिनेमामा निकै मिहिनेत गरेको देखिन्छ ।   

चलचित्र ‘अगस्त्य–भाग १’ मा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत कलाकार मुख्य भूमिकामा छन् । 

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro