site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा भएको प्रर्दशनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनीमार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै अनेरास्ववियु विरोधमा उत्रिएको हो ।

उनीहरूले 'विद्यार्थीको ज्यान मार्न पाइँदैन'जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले सरकारको गलत नीतिले युवाहरू विदेशिन बाध्य भएको र विदेश गएका युवाहरूकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरूको हत्याको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे ।

काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई युवाको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro