site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकुमारी घटनाबारे सरकारकी प्रवक्ता– जे भयो गलत भयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा भएको आगजनी र आन्दोलनकारीको मृत्यु दुवै दु:खद घटना भएको बताएकी छन् ।

सरकारकी प्रवक्तासमेत रहेकी शर्माले मन्त्री ज्वाला काम विशेषले त्यो रुटमा हिँड्दा गाडी जलाइएको सुनिएको तर विस्तृत जानकारी आउन बाँकी रहेको बताइन् । 

“जे घटना भयो, गलत भयो । दु:खद भयो । त्यस्तो गर्नुहुँदैन,” उनले भनिन्, “आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई हुन्छ ।”

उनले सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइने बताइन् । 

मन्त्री शर्माले यो घटना अराजकता भएको भन्दै  प्रश्रय दिन नहुने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro