site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोटनहमविरुद्ध ब्राइटनको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्राइटनले टोटनहमविरुद्ध ४–२ को सहज जित निकालेको छ ।

बिहीबार राति फाल्मेर रंगशालामा ब्राइटनलाई जित दिलाउन जाओ पेड्रोले दुई र ज्याक हिन्सेलउड र पर्भिस इस्टुपिनानले एक/एक गोल गरे । टोटनहमका एलेजो भेलिज र बेन ड्याभिसले गोल फर्काएका थिए । टोटनहम खेलको ७५ मिनेटसम्म ४–० ले पछि परेको थियो ।

११औँ मिनेटमा हिन्सेलउडले गोल गर्दै घरेलु टिम ब्राइटनलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा पेड्रोले ब्राइटनको अग्रता दोब्बर बनाए । ६३औँ मिनेटमा इस्टुपिनानले गोल गर्दै ब्राइटनको अग्रतालाई ३–० मा पुर्‍याए । ७५औँ मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टिमले अग्रता ४–० मा पुर्‍याएको थियो ।

८१औँ मिनेटमा भेलिज र त्यसको तीन मिनेटपछि ड्याभिसले गोल गर्दै खेल रोमाञ्चक बनाए पनि टोटनहमलाई बराबरीमा फर्काउन सकेनन् ।

जितसँगै १९ खेलबाट ३० अंक जोडेको ब्राइटन तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ३६ अंकको टोटनहम पाँचौँ स्थानमा छ । जारी सिजन टोटनहमको यो पाँचौँ हार हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro