site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा सडक महोत्सव सुरु

पोखरा । २५औँ पोखरा सडक महोत्सव (स्ट्रीट फेस्टिवल) बिहीबारदेखि सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले हरेक वर्ष सडक महोत्सवको आयोजना गर्दै आएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिब पाँच लाख अवलोकनकर्ता भित्र्याउने रेबानको लक्ष्य छ । रेबानका अध्यक्ष नरेश भट्टराईले महोत्सवलाई सफल बनाउन विभिन्न प्याकेजसहित प्रचारप्रसारलाई तीव्र पारिएको बताए ।

Dabur Nepal
NIC Asia

“क्रिसमसदेखि नै योपटक केही दिन बिदा परेकोले पोखरामा बढी पाहुना आउने अपेक्षा लिएका छौँ । होटेल बुकिङ समेत सुरु भइसकेको छ । आन्तरिक पाहुनाको चलहपहलले हामी उत्साही भएका छौँ,” उनले भने, “आन्तरिक पाहुना पोखरा भित्र्याउने यो नै सबैभन्दा महत्त्वपूर्ण र भव्य इभेन्ट हो ।”

महोत्सव लेकसाइडको तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro