site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभामा गयल हुने सांसदलाई रुलिङ गर्न माग 

विराटनगर । कोसी प्रदेशका सांसदले जनसरोकारका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बुधबारको बैठमा शून्य समयमा बोल्ने विभिन्न दलका सांसदले विविध विषय उठान गरेका हुन् ।

माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले स्थानीय तहका कर्मचारीका लागि प्रदेश सरकारले गर्ने धेरै तालिम तथा अभिमुखीकरण विराटनगर केन्द्रित गरिँदा पहाडी तथा हिमाली जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या हुने गरेको बताए ।

“पहाडी भेगका क्षेत्रका कर्मचारीलाई आउजाउमा सहज हुने स्थानमा अभिमुखीकरण गरिनुपर्छ । ओखलढुंगामा उच्च न्यायालयको बेन्च र उच्च सरकारी वकिल कार्यालयको बेन्च पनि छ । यसैगरी डिभिजन कार्यालय पनि छन्, त्यसैले त्यहाँबाट सेवा दिन ढिलाइ गरिनुहुन्न,” उनले भने ।

Dabur Nepal

सांसद शेर्पाले धेरै सांसद बाहिर हाजिर गर्ने तर बैठकमा नबस्ने समस्याप्रति सभामुखबाट रुलिङ गर्नुपर्ने माग राखे ।

एमालेका सांसद तिलचन्द पाठकले सभाको गरिमा घट्दो अवस्था पुगेको भन्दै मुख्यमन्त्रीलाई चिन्नै गाह्रो भएको बताए । 

“मुख्यमन्त्री र सांसद सदनमा उपस्थित नहुने क्रम चिन्ताको विषय हो,” उनले भने ।

उनले गोरखापत्रबाट गलत सूचना प्रवाह भएको भन्दै यस्ता समाचार लेख्ने पत्रकारलाई कारबाहीको दायरमा ल्याउन माग गरे ।

कांग्रेस सांसद मैया श्रेष्ठले झापाको लखनपुरमा संघीय सरकारको २५ करोड लागतमा बनेको आयुर्वेद अस्पताल डेढ वर्षदेखि सञ्चालन भए पनि सेवा दिन नसकेको बताइन् ।

“एक्सरे नभएर सेवा सञ्चालन छैन । १९ जना जनशक्ति छन् । तीन विशेषज्ञ चिकित्सक छन् । २८ जना दरबन्दी माग गरेको छ । यो लथालिङ्ग अवस्थालाई किन प्रदेश सरकारले समाधान गर्न चासो नदिएको ?,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro