site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो छ नाटक ‘पगला घोडा’को टिजर  

काठमाडौं । मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार भने दुई शोज राखिएको छ ।  

भारतीय नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटक घनश्याम श्रेष्ठले निर्देशन गरेका छन् । नाटकमा कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायतलको अभिनय रहनेछ ।  

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro