site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाका महामन्त्री राणा भन्छन्– सुदन किरातीलाई पदमुक्त गराई छाड्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका छन् ।

क्रिस्मस फेस्टिभलका अवसरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध जनाउँदै सोमबार सनतन धर्मावलम्बी समूहले काठमाडौंमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महामन्त्री राणाले सडकबाटै मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका हुन् ।

Argakhachi Cement Island Ad

उनले देशमा हिन्दु राष्ट्रसहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने पनि बताए ।

सनातन धर्मावलम्बी समूहले काठमाडौंको गौशालामा र्‍यालीसहित किरातीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको हो । संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भने पनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो । प्रदर्शनकारीले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् ।

उनीहरूले 'धर्मनिरपेक्ष मुर्दावाद, विभेदकारी मन्त्रीलाई कारबाही गर'लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्