site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंकबाट अनधिकृतरूपमा पैसा निकाल्ने पासवान कतारबाट पक्राउ

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दाका फरार आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासवान छन् ।

उनलाई प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ परेका हुन् । उनलाई सोमबार नेपाल ल्याइएको छ ।

पासवानसहित केही व्यक्तिले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृतरूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डमार्फत निकालेका थिए । घटनालगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।

नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro