साहित्य
काठमाडौं । साहित्यकार सूर्यप्रसाद लाकोजूको कथाकृति ‘सत्याग्रह’माथि परिचर्चा गरिएको छ ।
हालै चितवनमा आयोजित कार्यक्रममा साहित्यकार केदारनाथ खनालले ‘सत्याग्रह’मा सरल भाषाशैलीको प्रयोगले कथालाई जीवन्त बनाएको विचार व्यक्त गरे ।
कार्यक्रममा टिप्पणीकर्ता सुरेन्द्र अस्तफलले कृतिका कथाहरू सामाजिक, राजनीतिक, प्रेम, वैदेशिक रोजगारजस्ता विषयमा लेखिएको उल्लेख गरे । सो अवसरमा साहित्यकारहरू शान्ति शर्मा, टीकाराम रेग्मी, रेशम विरही, रामहरि श्रेष्ठ, रामसुन्दर देउजा लगायतले बोलेको कथाकार लाकोजूले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्