site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तह आफैँले पाठ्यक्रम बनाउनुपर्छ : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले स्थानीय तह आफैँले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई निर्देशन दिने हक नराख्ने तर्क गरिन् ।

उनले संविधानको कार्यान्वयन गर्ने भए त्यसको मर्मसँग बाझिने गरी ऐन बनाउन नहुने बताइन् । संविधानको आधारभूत र मौलिक मर्मलाई बिर्सिएर ऐन बनाएर उद्देश्य पूरा गर्न नसकिने भन्दै उनले यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

उनले शिक्षक महासंघसँग सरकारले गरेको सम्झौताका बारेमा समितिलाई जानकारी गराइनुपर्ने माग पनि गरिन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro