site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री किरातीलाई अपदस्थ गर्न कोसी प्रदेश सभामा पनि उठ्यो माग

विराटनगर । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई  अपदस्थ गर्न कोसी प्रदेश सभामा माग उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले मन्त्री किरातीलाई अपदस्थ गर्न माग गरेकी हुन् ।

उनले मन्त्री किरातीलाई आफूहरूलाई जेल हालेर देखाउन पनि चुनौती दिइन् । “नेपाल सरकारका मन्त्री सुदन किरातीले क्रिस्चियन नमान्ने मानिस देशद्रोही हो भनेर दिएको धम्कीप्रति हाम्रो आपत्ति छ । तथ्यांक अनुसार नेपालमा दुई प्रतिशत क्रिस्चियन छन् । अब हामी ९८ प्रतिशत अन्य धर्म मान्ने के देशद्रोही हौँ ? गैरजिम्मेवारीपूर्ण ढंगल मन्त्रीबाट भावना आउनु दुःखद हो । किरातीलाई अपदस्थ गरियोस्,” उनले भनिन् । 

Dabur Nepal
NIC Asia

उनले नेपाल सनतानीहरूको देश भएको भन्दै पशुपतिनाथ, मुक्तिनाथ र स्वयम्भूहरू आदर्श विश्वासका धरोहर भएको बताइन् ।

“सहिष्णु समाजलाई हरेक बहानामा आहत गराउनु नियोजित होइन र ? राज्यको उच्च ओहोदामा रहेकाले त पटक्कै गर्नु हुँदैन । दम्भी भावना राख्दै गल्ती महसुस नगर्नुले सामाजिक सद्भाव बिथोल्न नियोजितरूपमै तयारी रहेको देखिएको छ । नेपाल सरकारका मन्त्रीको राजीनामा माग गर्दछु,” उनले भनिन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro