राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन शनिबार (भोलि) काठमाडौंमा हुने भएको छ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने जानकारी गराइएको छ ।
सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, वाग्मती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने बताइएको छ । शनिबार बिहान साढे ८ बजे सम्मेलनको उद्घाटन गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्