site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति पोल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ का २५ वर्षीय प्रदीप बुढाथोकी छन् ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–१३, बालकोटमा बस्दै आएका थिए । बिहीबार साँझ उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीका निम्ति पोल्यान्ड पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति सात लाख ७५ हजार रुपैयाँ लाग्ने भनेका थिए ।

पोल्यान्डमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने उनको आश्वासन थियो । त्यहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘पीडित’बाट पटक–पटक गरी एक लाख ८० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए ।

पक्राउपछि थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro