site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हानेको टापु पुनः सञ्चालनमा ल्याउँदै अमेरिका
Tiktok banner adTiktok banner ad

काठमाडौं । दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो ।

अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । टिनियन टापुमा रहेको उत्तरी एयरफिल्डलाई सन् १९४६ मा अमेरिकी सेनाले त्यागेपछि त्यो क्षेत्र हाल जंगल बनेको छ । जंगल फँडानी गर्ने काम पूरा भएपछि एयरफिल्डमा विस्तृत सुविधा थपिने कमान्डर विल्सबाकले बताए ।

आउँदा केही महिनामा उत्तरी टिनियनमा धेरै काम भइसक्ने र त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुविधा थपिने उनले बताएका छन् ।

अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सले यो विषय पुष्टि गरेको सीएनएनले जनाएको छ ।

टिनियन टापु उत्तरी मारियाना टापुसँगै कमनवेल्थ–राष्ट्रमण्डलको हिस्सा हो । प्रशान्त महासागरमा अमेरिकाकै भूमिका रूपमा रहेको यो क्षेत्र हवाई राज्यबाट करिब ६ हजार किलोमिटर पश्चिममा छ । करिब ६२ वर्गकिलोमिटर यो क्षेत्रमा तीन हजारजति मानिसको बसोबास छ ।

साइपान र गुआमनजिकैको टिनियन टापुमा अमेरिकी हवाई अपरेसनको व्यापक इतिहास छ ।

दोस्रो विश्वयुद्धका बेला जापानबाट यी टापु कब्जा गरेपछि जापानमै विनाशकारी बमवर्षा गराउन अमेरिकाले प्रयोग गरेको थियो । इतिहासकै सबैभन्दा घातक बम आक्रमण १९४५ मार्च १० मा अमेरिकाले यी तीनै टापुबाट बी–२९ बमवर्षकबाट गराएको थियो । उक्त आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । दशौँ लाख मानिस घाइते भएका थिए ।

१९४५ मा जापानमा निरन्तर बम आक्रमण गरिरहँदा टिनियानमा रहेको नर्थफिल्ड विश्वकै व्यस्त विमानस्थल बनेको थियो । त्यहाँ करिब २४ सय मिटर लामा चार धावनमार्ग थिए ।

सन् १९४५ कै अगस्ट ६ मा हिरोसिमामा र त्यसको तीन दिनपछि नागासाकीमा खसालिएका पमारणु बम यिनै धावनमार्गबाट बी–२९ बमवर्षक एनोला गे र बक्सकारले बोकेर उडान भरेका थिए । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro