site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसले लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने सहिदलाई जन्माएको छ : डा महत

जनकपुर । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको आधारभूमि मधेस प्रदेश भएको बताएका छन् ।

बिहीबार पार्टीको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र स्थापनाका लागि मधेसले ठूलो संख्यामा ज्यानको आहुति दिने सहिदलाई जन्माएको उल्लेख गरे ।

मधेसबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिस लगायतले लोकतन्त्र स्थापना र कांग्रेस पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

“विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झा लगायतको पनि नेपाली कांग्रेस निर्माणमा र लोकतान्त्रिक आन्दोलनको उर्वरभूमि यो क्षेत्रलाई बनाउन महत्वपूर्ण भूमिका दिनुभएको थियो,” डा. महतले भने ।

उनले मधेसमा पार्टी बलियो भएमात्र कांग्रेस बलियो हुने जिकिर गरे । कांग्रेस बहुमतको पार्टी बन्ने भए मधेस बलियो हुनुपर्ने धारणा उनको थियो ।

“मधेस प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेस प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरी कांग्रेसले बहुमत ल्याउँछ,” महतले थपे, “त्यसका लागि नेपाली कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ ।”

उनले आरोप–प्रत्यारोपबाट नभई संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro