राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिव रामकुमारी झाँक्रीको जिम्मेवारी हेरफेर भएको छ । संशोधित अन्तरपार्टी निर्देशन (अपानि)मा झाँक्रीको जिम्मेवारी फेरिएको छ ।
गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेशअन्र्तगत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी तोकेका थिए ।
नेताहरूको असन्तुष्टिपछि बुधबार जारी भएको संशोधित अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने जिम्मा दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्