site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्का कार्यवाहक महासचिव पाण्डेयले उमेर घटाएको नागरिकताबाटै लिएका थिए पासपोर्ट पनि 

काठमाडौं । संघीय संसद्का कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेयको छ वर्ष उमेर घटाएर १० वर्ष प्रयोग गरेको नागरिकताबाट पासपोर्ट पनि लिएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त विवरणमा उनले २०६९ साउन २ गते मेसिन रिडेबल पासपोर्ट लिएका थिए ।

उनले सन् २०१२–७–१७ अर्थात् बि.सं. २०६९ साउन २ गते जिल्ला प्रशासन कार्यालय पाल्पाबाट पासपोर्ट लिएको खुलेको हो । पछिल्लोपल्ट लिएको नागरिकतामा ३९१०११/१५५ नम्बर अनुसार उनले पासपोर्ट लिएको जिल्ला प्रशासन कार्यालय पाल्पा स्रोतले जानकारी दियो ।

Dabur Nepal
NIC Asia

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा ‘गडबडी’

“साधारण पासपोर्ट जारी भएको छ,” स्रोतले बाह्रखरीसँग भन्यो, “जारी मिति २०६९ साउन २ गते उल्लेख छ भने पासपोर्ट नम्बर ०६०१८३७० रहेको छ ।”

पाण्डेयले यसअघि छ वर्ष उमेर घटाएर नागरिकता लिएको १० वर्षपछि पुनः पुरानै कायम गरेको समाचार बाह्रखरीमा सार्वजनिक भएको थियो ।

बाह्रखरीलाई जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्राप्त टिप्पणी र आदेशअनुसार उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते कायम गरिएको छ । तर पछि उनले २०६६ साल भदौ ८ गते पाल्पाबाटै लिएको अर्को नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते उल्लेख गरिएको छ ।

पछिल्लो नागरिकता उनले १० वर्षसम्म कायमै राखे । त्यस बीचमा उनले लिने तालिम, भ्रमणलगायतका काम गरेको स्रोतले जानकारी दिएको छ । १० वर्षपछि फेरि उनले पुरानै नागरिकता कायम गराए ।

नयाँ नागरिकता बनाएको ३ वर्षपछि उनले पाल्पाबाटै पासपोर्ट लिएको पाइएको हो । तर पाण्डेयले यसअघि बाह्रखरीसँग कुरा गर्दै ‘भूलबस’ नागरिकता लिएको बताएका थिए । उनले आफ्नो नागरिकता पुरानै कायम गरिपाउँ भनी नयाँ नागरिकता लिएको नौ वर्षपछि निवेदन दिएका थिए ।

तर त्यसबेला जिल्ला प्रशासन कार्यालय पाल्पाले करिब ६ महिनासम्म उनको निवेदन रोकेर राखेको पाइएको छ । २०६६ भदौ ८ गते नयाँ नागरिकता लिएका पाण्डेले २०७५ फागुन ३० गतेमात्रै निवेदन दिएको जिल्ला प्रशासन कार्यालय पाल्पाको रेकर्डमा उल्लेख छ ।

पछि २०७६ भदौ २३ गते प्रशासकीय अधिकृत रमा श्रेष्ठको हस्ताक्षरमा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको देखिएको छ । २०७५  फागुनमा निवेदन दिए पनि पाण्डेयले २०७६ भदौ २३ गते पुरानै नागरिकता कायम गरेका छन् । उनले पुरानै नम्बरको नागरिकता कायम गरेका हुन् । 

उक्त १० वर्षको अवधिमा उनले छ वर्ष उमेर घटाइएको नागरिकता प्रयोग गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले तत्कालीन द्वन्द्वका क्रममा प्रशासन कार्यालयमा रहेका सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कारणले कुनै पनि अभिलेख नरहेको र दुवै सक्कली नागरिकताको प्रमाणपत्रसहित भूलबस विवरण फरक परेको भनी निवेदकबाट निवेदन प्राप्त भएकाले २०६६ भदौ ८ गते जारी भएको नागरिकता खारेज गरेर पुरानै कायम गरिएको उल्लेख गरेको छ ।

उनले लिएका दुवै नागरिकता नम्बर पनि फरक फरक रहेका थिए । पहिलोपल्ट लिएको नागरितामा उनको नागरिकता प्रमाणपत्र नम्बर ३५ रहेको छ भने पछिल्लोपल्ट लिएको नागरिकतामा ३९१०११/१५५ उल्लेख गरिएको छ ।

यस विषयमा बाह्रखरीले राखेको जिज्ञासामा पाण्डेयले ‘बाइ मिस्टेक’ नागरिकतामा जन्ममिति फरक परेको बताएका थिए । उनले आफ्नो नागरिकता हराएको र पछि कोठा सर्दा पुरानै नागरिकता भेटिएकाले सोही कायम गरिएको बताएका थिए ।

संघीय संसद्का महासचिव डा. भरत गौतमले पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिवमा सिफारिश गरेका थिए । तर, राष्ट्रिय अध्यक्ष तिमिल्सिना अवकाशउन्मुख भएको हुँदा नियुक्ति रोकिएको थियो । 

त्यहीबीचमा बाह्रखरीमा नागरिकता उमेर विवाद आएपछि उनको नियुक्ति अनुमोदन गर्ने सवालमा राष्ट्रपति कार्यालय अलमलमा परेको हो । त्यहीबीचमा उनलाई संसद्ले कार्यबाहक महासचिवको जिम्मेवारी दिएको छ ।

राष्ट्रपति कार्यालयले उनलाई नियुक्ति नदिँदा संसद् र राष्ट्रपति कार्यालयबीच मनमुटाव सिर्जना भएको छ । उनै पाण्डेयलाई महासचिव नबनाइए आफू अदालत जाने चेतावनी सभामुख देवराज घिमिरेले दिएका छन् ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro