site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा ‘गडबडी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकतामा ६ वर्ष उमेर घटाएर १० वर्ष प्रयोग गरेपछि पुनः पुरानै कायम गरेको पाइएको छ ।

बाह्रखरीलाई जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्राप्त टिप्पणी र आदेशअनुसार उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते कायम गरिएको छ । तर, पछि उनले २०६६ साल भदौ ८ गते पाल्पाबाटै लिएको अर्को नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते रहेको उल्लेख गरिएको छ ।

पछिल्लो नागरिकता उनले १० वर्षसम्म कायमै राखे । त्यसबीचमा उनले लिने तालिम, भ्रमणलगायतका काम गरेको स्रोतले जानकारी दिएको छ । १० वर्षपछि फेरि उनले पुरानै नागरिकता कायम गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो नागरिकता प्रतिलिपि भनेर माग गरिए पनि यसमा केही गडबडी भएको हामीलाई आशंका लागेको छ,” जिल्ला प्रशासन कार्यालय पाल्पाका एक अधिकृतले भने, “उहाँले उक्त नागरिकता प्रयोग गरी लिएको अनुचित लाभबारे सरोकारवाला निकायले अनुसन्धान गर्नुपर्ने देखिन्छ ।” 

उनले आफ्नो नागरिकता पुरानै कायम गरिपाऊँ भनी नयाँ नागरिकता लिएको नौ वर्षपछि निवेदन दिएका थिए । तर, त्यसबेला जिल्ला प्रशासन कार्यालय पाल्पाले करिब ६ महिनासम्म उनको निवेदन रोकेर राखेको पाइएको छ ।

Global Ime bank

२०६६ भदौ ८ गते नयाँ नागरिकता लिएका पाण्डेले २०७५ फागुन ३० गतेमात्रै निवेदन दिएको जिल्ला प्रशासन कार्यालय पाल्पाको रेकर्डमा उल्लेख छ । पछि २०७६ भदौ २३ गते प्रशासकीय अधिकृत रमा श्रेष्ठको हस्ताक्षरमा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको देखिएको छ ।

२०७५ फागुनमा निवेदन दिए पनि पाण्डेयले २०७६ भदौ २३ गते पुरानै नागरिकता कायम गरेका छन् । उनले पुरानै नम्बरको नागरिकता कायम गरेका हुन् । उक्त १० वर्षको अवधिमा उनले छ वर्ष उमेर घटाइएको नागरिकता प्रयोग गरेका थिए ।

padam3-1702646830.jpg


जिल्ला प्रशासन कार्यालय पाल्पाले तत्कालीन द्वन्द्वका क्रममा प्रशासन कार्यालयमा रहेका सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कारणले कुनै पनि अभिलेख नरहेको र दुवै सक्कली नागरिकताको प्रमाणपत्रसहित भुलवश विवरण फरक परेको भनी निवेदकबाट निवेदन प्राप्त भएकाले २०६६ भदौ ८ गते जारी भएको नागरिकता खारेज गरेर पुरानै कायम गरिएको उल्लेख गरेको छ ।

उनले लिएका दुवै नागरिकता नम्बर पनि फरक फरक रहेका थिए । पहिलोपल्ट लिएको नागरितामा उनको नागरिकता प्रमाणपत्र नम्बर ३५ रहेको छ भने पछिल्लोपल्ट लिएको नागरिकतामा ३९१०११/१५५ उल्लेख गरिएको छ ।

यस विषयमा बाह्रखरीले राखेको जिज्ञासामा पाण्डेयले ‘बाई मिस्टेक’ नागरिकतामा जन्ममिति फरक परेको बताए । उनले आफ्नो नागरिकता हराएको र पछि कोठा सर्दा पुरानै नागरिकता भेटिएकाले सोही कायम गरिएको बताए ।

“हो, मेरो नागरिकता हराएकै हो । बीचमा निकाल्न जाँदा बाई मिस्टेक गाविसको सिफारिसमा गलत तथ्य परेछ ।  म यता जागिर खान्थेँ । अंकललाई सिफारिस ल्याउन पठाएँ । उहाँले नै सिफारिस पेस गरिदिनिुभएछ । नागरिकता निकाल्दाखेरी जन्ममिति फरक परेछ । पछि कोठा सर्दा मेरो पुरानो नागरिकता पनि भेटियो । मैले भेटिएको र पुरानोसमेत रियालिटी बताएर लगेर प्रशासनमा बुझाएँ । सबै बुझाएपछि जिल्ला प्रशासनले कुरा बुझेपछि ठिकै रहेछ भनेर दुवै नागरिकता राख्यो । अनि मलाई नयाँ नागरिकता दियो । जिल्ला प्रशासनले सबै बुझ्यो, पुरानो रद्द गर्‍यो । अनि मलाई पुरानै नागरिकता दिइयो । अहिले तपाईं जिल्ला प्रशासनमा गएर पनि रेकर्ड हेर्न सक्नुहुन्छ ।”

संघीय संसद्का महासचिव डा. भरत गौतमले पदबाट राजीनामा दिएपछि पाण्डेयलाई कार्यवाहक महासचिव तोकिएको छ । अहिले राष्ट्रपति कार्यालयले उनलाई नियुक्ति नदिँदा संसद् र राष्ट्रिपति कार्यालयबीच मनमुटाव सिर्जना भएको छ ।

उनै पाण्डेयलाई महासचिव नबनाइए आफू अदालत जाने चेतावनी सभामुख देवराज घिमिरेले दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय