site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
अहिलेको संविधानले एकल बहुमत ल्याउन कठिन छ : देउवा
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले आउने चुनावमा एकल बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार पोखरामा कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्ने क्रममा देउवाले आफूले पार्टीमा आकर्षण बढेको देखेको बताए ।

“अब जसरी भए पनि पार्टीलाई एक गराएर, मेलमिलाप गराएर, आवश्यक एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतको पार्टी बनाऔँ, नभए सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि लागौँ । मलाई विश्वास छ, हामी सफल हुने छौँ,” उनले थपे, “अहिले देशभरि मैले ठूलो उत्साह देखेको छु । पार्टीका साथीहरूको ठूलो सहभागिता छ, आकर्षण बढेको छ । ”

Dabur Nepal
NIC Asia

कांग्रेसमा अर्कालाई हराउन लाग्ने, अन्तर्घात गर्ने रोग रहेको उनले बताए । यसको निर्मूल गर्ने र आउँदो चुनावमा बहुमत ल्याउन लागेमा सफल भइने उनले बताए ।

संविधान अनुसार एकल बहुमत ल्याउन कठिन भएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

“हाम्रो संविधान अनुसार एउटै दलले बहुमत ल्याउन कठिन छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । आवश्यकता पनि हो,” उनले भने ।

गठबन्धनमा अन्य दल जोडिएर कांग्रेसको सिद्धान्त र आदर्श मानेका कारण आफ्नो जित भएको उनले दाबी गरे ।

“हाम्रो पार्टीको सिद्धान्त र आदर्शमा अहिले अरू पार्टी पनि आएका छन् । यस मानेमा हाम्रो पार्टीको जित भएको छ,” देउवाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro