site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईश्वर पोखरेलको प्रश्न– कोसी प्रदेशको नामकरण एमालेले गराएको हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोसी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् । पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोसी राख्ने तर अहिले एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने बताए ।

सोमबार झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालका गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनीसमेत दिए ।

"संवैधानिक प्रक्रियाले, शान्तिपूर्ण प्रक्रियाले, विधिसम्मत ढंगले कसैले पनि यो भएन, यो हुनुपर्छ । यो होइन, त्यो हुनुपर्छ भन्न सक्छ । यो स्वाभाविक कुरा हो । तर, त्यो भन्दा फरक ढंगले के एमालेले आफ्नो कमिटीको निर्णय गराएको हो त्यो ? कि प्रदेशसभाको तर्फबाट निर्णय भएको हो । प्रदेशसभामा त सबै थिए," पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro