site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा विपक्षी दलका ३३ सांसद निलम्बित, कांग्रेसले गर्‍यो विरोध

काठमाडौं । अराजकता मच्चाएको भन्दै भारतको संसद्‌मा हिउँदे अधिवेशनको बाँकी समयका लागि विपक्षी दलका ३३ सांसदलाई निलम्बन गरिएको छ ।

निलम्बित सांसदहरूमा कांग्रेसका अधीर रञ्जन चौधरी, डीएमकेका सांसदहरू टीआर बालु, दयानिधि मारन र टीएमसीका सौगता रोयसहित छन् ।

यसअघि डिसेम्बर १४ मा १३ जना लोकसभा सांसद र एक राज्यसभा सांसदलाई पनि निलम्बन गरिएको थियो ।

राज्यसभाका एक सांसदसहित ४७ विपक्षी सांसदलाई भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारले हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरेको हो ।

विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै विरोध गरेको छ ।

इन्डिया टुडेबाट ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro