site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस काठमाडौं–३ का महासमिति सदस्य ‘अवैधानिक’
सन्तोष चालिसे । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ को महासमिति चयन प्रक्रियामा प्रश्न उठाइएको छ । क्षेत्रीय सभापति सन्तोष चालिसेले निर्वाचन समिति समेत गठन नगरी महासमिति चयन गरिएको भन्दै सभापति शेरबहादुर देउवालाई सदस्यको नाम सिफारिस गरेपछि त्यहाँका नेता–कार्यकर्ताले उजुरी दिएका थिए ।

गएको कातिक ३० गते दिइएको उजुरीअनुसार निर्वाचन समितिले अध्ययन गर्दा सिफारिस नै त्रुटिपूर्ण देखियो । त्यसपछि समितिले पुनः प्रक्रिया पूरा गरेर सिफारिस गर्न भन्दै पत्र लेखेको हो । केन्द्रीय निर्वाचन समितिको पत्रसँगै यसअघि चयन क्षेत्र नम्बर–३ का महासमिति सदस्यहरूको वैधानिकता समाप्त भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्षेत्र नम्बर–३ का सांसद एवं संसद्को अर्थ समितिका सभापति समेत रहेका क्षेत्रीय सभापति चालिसेले निर्वाचन समिति नै गठन नगरी महासमिति सर्वसम्मत चयन भएको पत्र केन्द्रीय सभापतिलाई पठाएका थिए । उक्त पत्रको वैधानिकतामा निर्वाचन समितिले नै प्रश्न उठाइदिएको हो ।

“नेपाली कांग्रेस वाग्मती प्रदेश काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर–३ को महासमिति सदस्यको नामावली नेपाली कांग्रेसको सभापतिज्यूलाई सम्बोधन गरी च.नं. ०१६/मिति २०६०/०६/२९ को पत्रसहितको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिलाई प्राप्त भएकोले उक्त नामावली पठाउँदा केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गरी पठाउनुपर्ने र महासमिति सदस्यको निर्वाचन निर्वाचन अधिकृत तोकी सोहीमार्फत निर्वाचन समितिमा पठाउनुपर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल क्षेत्रीय सभापतिज्यूको हस्ताक्षर भएको देखिँदा पुनः निर्वाचन अधिकृत तोकी विधानबमोजिमको प्रक्रिया पूरा गरी पठाउन निर्देशनानुसार जानकारी गराइन्छ,” केन्द्रीय निर्वाचित समितिले पठाएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्