site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, बोलचाल कम गरे

काठमाडौं । डा. गोविन्द केसी दुई बुँदे माग राखेर २१औँ 'सत्याग्रह'मा छन् । शुक्रबारदेखि कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका उनको तेस्रोदिन आइतबार स्वास्थ्यमा समस्या देखिएको छ ।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका डा. केसीको ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको छ । कमजोरीका कारण आइतबारदेखि बोलचाल समेत कम गरेका छन् ।चिसोका कारण उनलाई धर्मशालाकै सानो कोठामा सारिएको छ ।

Dabur Nepal
NIC Asia

डा. केसीलाई आजै साँझबाट साधारण स्लाइन दिने तयारी भएको उनका सहयोगी डा. अमृत जैशीले बताए ।

स्वास्थ्य अवस्थाका कारण ७२ घण्टे अनसन बस्ने निर्णय गरेका डा. केसीले सोमबार दिउँसो अनशन तोड्ने तयारी गरेका छन् ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र  यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँ पटक सत्याग्रहमा बसेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro