site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्का कार्यवाहक महासचिवको नागरिकता सम्बन्धमा राज्य व्यवस्था समितिको चासो 

काठमाडौं । संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकतामा देखिएको गडबडीका सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले चासो प्रकट गरेको छ ।

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा ‘गडबडी’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिका सभापति रामहरि खतिवडाले गृह मन्त्रालयमा यस सम्बन्धमा चासो व्यक्त गर्दै सत्य तथ्य विवरण उपलब्ध गराइदिन भनेका छन् ।

“संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकताका सम्बन्धमा सञ्चारमाध्यममा आएका विषय के हुन् भनेर मैले गृह मन्त्रालयको धारणा माग गरेको छु,” समितिका सभापति खतिवडाले भने, “हामीले जानकारी पाउनुपर्‍यो । गृहलाई सोध्ने काम भएको छ । त्यसपछि छानबिन गर्नुपर्ने अवस्था आएमा अघि बढ्नुपर्छ ।”

पाण्डेयले २०६६ सालमा छ वर्ष उमेर घटाएर नागरिकता लिएको र १० वर्षपछि पुनः पुरानै नागरिकता कायम गरेको बाह्रखरीले समाचार सार्वजनिक गरेको थियो ।

“संसद् जस्तो ठाउँमा यस्तो भयो भने संसदीय व्यवस्थामाथि प्रश्न थप बढ्छ,” समिति सभापति खतिवडाले भने ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्