site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीहरूको घुइँचो

काठमाडौं । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदै छ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । 

विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ विघामा पुगेर मिलन हुने गर्दछ ।

Dabur Nepal
NIC Asia

रंगभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौँको संख्यामा उपस्थित तीर्थालुहरूको बीच मिथिला परम्पराअनुसार स्वंयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वंयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तीर्थालुहरूको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ । 

स्वंयम्वर कार्यक्रमको समापन भएपश्चात रंगभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्तरूपमा निस्कने शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्रांगण पुग्ने गर्दछ । जानकी मन्दिरकै प्रांगणमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । 

मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्रांगणमा हजारौँको संख्यामा तीर्थालुहरूको उपस्थिति रहने गर्दछ । पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरूको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro