काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा समापन गरिएको छ । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका हुन् ।
गएको मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राको सुरुआत गरिएको थियो । आइतबार १८औँ दिनमा सो यात्रा टुंग्याइएको हो ।
यात्राका क्रममा स्थानीयको समस्या बुझेर समाधानको बाटो पहिल्याएको अध्यक्ष ओलीको भनाइ छ । “हामीले स्थानीयसँग कुरा गर्यौँ, स्थानीयकै समस्या बुझ्यौँ । उहाँहरूकै अपेक्षाअनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ,” ओलीले फेसबुकमा लेखेका छन् ।
एमालेले मध्यपहाडी क्षेत्रको बसाइँसराइ रोक्न भूमिका खेल्ने लक्ष्य लिएको थियो ।