site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रदेशस्तरीय बुँदोकै–दो कराँते च्याम्पियनसिपमा आठ स्वर्णसहित कञ्चनपुर च्याम्पियन 

काठमाडौं । प्रथम प्रदेशस्तरीय शुक्लाफाँटा बुँदोकै–दो फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा कञ्चनपुर शाखा च्याम्पियन भएको छ । 

शनिबार सम्पन्न भएको प्रतियोगितामा कञ्चनपुर शाखाले आठ स्वर्ण, आठ रजत र १५ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । दुई स्वर्ण, तीन रजत, पाँच कास्य जित्दै बझाङ दोस्रो हुँदा एक स्वर्ण जितेको डडेल्धुरा तेस्रो भएको छ । 

Dabur Nepal
NIC Asia

शुक्लाफाँटा बुँदोकै–दो शाखाको आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ११ विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियोे । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित बंसा कभर्ड हलमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका करिब ३०० जना महिला/पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको प्रत्येक तौल समूहका विजेता खेलाडीहरूले पाँच हजार, उपविजेताले तीन हजार, तेस्रो हुनेले दुई हजार र चौथो हुनेले एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको प्रतियोगिताका व्यवस्थापक एवं प्रशिक्षक सागर विष्टले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro