site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतलाई ‘विशेष चिन्ताको देश’को दर्जा दिन बाइडेनलाई अमेरिकी वाचडगको आग्रह

काठमाडौं । अमेरिकाको एक धार्मिक स्वतन्त्रता ‘वाचडग’ले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई भारतलाई ‘विशेष चिन्ताको देश’ भनेर तोक्न आग्रह गरेको छ ।

विदेशमा धार्मिक अल्पसंख्यकलाई निशाना बनाएको भन्दै अमेरिकी धार्मिक स्वतन्त्रता ऐनअन्तर्गत भारतलाई उक्त दर्जामा राख्न उक्त संस्थाले आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्लीले विदेशमा रहेका कार्यकर्ता, पत्रकार र वकिललाई चुप लगाउन खोजेको बताएको छ । यस्ता प्रयासले धार्मिक स्वतन्त्रतामा गम्भीर खतरा खडा गरेको जनाएको छ ।

“भारतले प्रक्रियागतरूपमा धार्मिक स्वतन्त्रता वा आस्थाको गम्भीर उल्लंघन गर्न जारी राखेका कारण भारतलाई विशेष चिन्ताको देश तोक्न यूएससीआईआरएफले अमेरिकी विदेश मन्त्रालयलाई अनुरोध गर्दछ,” वाचडगको विज्ञप्तिमा उल्लेख छ । 

रोयटर्सका अनुसार यूएससीआईआरएफका आयुक्त स्टीफन स्नेकले क्यानडामा खालिस्तानी अभियान्ता हरदीप सिंह निज्जरको हत्या र अमेरिकामा गुरपतवन्त सिंह पन्नुनलाई मार्न खोज्ने योजनामा दिल्लीको संलग्नता गम्भीर चिन्ताको विषय भएको भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro