site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा

काठमाडौं । हाल मुलुकभरका बालगृहमा ११ हजार दुई २०० बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल ४१८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार १४४ बालक र छ हजार ५८ बालिका गरी जम्मा ११ हजार २०२ बालबालिका बालगृहमा संरक्षित छन् । 

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कोशी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा रहेका छन् । मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा छन् । वाग्मती प्रदेशका दश जिल्लामा २९६ बालगृह सञ्चालनमा छन् जहाँ तीन हजार ३९९ बालक र चार हजार ४१५ बालिकाले अभिभावक पाएका छन् । 

गण्डकी प्रदेशका ६ जिल्लामा ३७ बालगृह सञ्चालनमा रहेका छन् । जसमा ५३५ बालक र ६२३ बालिका गरी जम्मा एक हजार १५८ बालबालिका संरक्षित छन् । 

लुम्बिनी प्रदेशका सात जिल्लामा १९ बालगृह सञ्चालनमा छन् । जसमा २९१ बालक र २५६ बालिका गरी जम्मा ५४७ बालबालिका संरक्षित छन् ।

कर्णाली प्रदेशका ६ वटा जिल्लामा दश बालगृह सञ्चालनमा छन् । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला रहेका १४ बालगृहमा १७८ बालक र १३७ बालिका गरी जम्मा ३१५ जना बालबालिकाले आश्रय पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ४३ जिल्लामा सञ्चालित ४१७ वटा बालगृहमा दश हजार ९०५ बालबालिका संरक्षित छन् । 

परिषद्ले आव २०७९/८० मा सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहकार्यमा १२ वटा जिल्लाका १२४ वटा बालगृहको अनुगमन गरिएको बताएको छ । सोही आवमा अभिभावक भएका २३८ बालक र २९० बालिका गरी जम्मा ५२८ जना बालबालिकाको परिवारिक पुनर्मिलन गरिएको र प्रचलित मापदण्डविपरीत सञ्चालनमा रहेका दुईवटा बालगृहबाट २७ जना बालक र १४ जना बालिकाको उद्धार गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro