कला

काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्याउँदै पुनः फैसला गर्नु पर्नेछ ।
नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० ०९:२९
प्रतिक्रिया दिनुहोस्