site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युक्रेनको नियन्त्रणमा रहेका नेपालीको संख्या चार पुग्यो 

काठमाडौं । युक्रेनी सेनाको नियन्त्रणमा रहेका रुसी सेनामा कार्यरत नेपाली युवाको संख्या चार पुगेको छ । 

हालै रुसी सेनामा कार्यरत मोरङ लेटाङका विकास राईलाई पनि युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनीसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली युवाको संख्या चार पुगेको छ । युक्रेनले उनीहरूलाई युद्धबन्दीको रूपमा राखेको छ । 

यसअघि रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल र दाङका प्रतिक पुनलाई युक्रेनले नियन्त्रणमा लिएको थियो । 

रुसले उनीहरू सबैलाई युक्रेनसँगको युद्धमा लड्न पठाएको थियो । युद्धका क्रममा युक्रेनी सेनाले विभिन्न समय र स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

युक्रेनले नियन्त्रणमा लिइएका रुसी सेनामा कार्यरत चार नेपालीको विवरण भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फत नेपाललाई पठाएको छ । दूतावासले उक्त जानकारी पाएपछि परराष्ट्र मन्त्रालयलाई पठाएको छ । 

“युक्रेनले रुसी सेनामा कार्यरत चार नेपालीलाई पक्राउ गरेको जानकारी हामीलाई दिएको छ । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको छ,” नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो । 

युक्रेनले नियन्त्रणमा लिएका चार नेपाली युवालाई नेपाल फर्काउने नयाँदिल्ली र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले पहल गरिरहेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro