राजनीति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण तारेखमा रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले तारेखमा छाडिएको बताए ।
उनलाई बिहीबार उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत्को बैंक ग्यारेन्टी पेस गरेका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र आयोगमा पुर्याइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १७:४८
प्रतिक्रिया दिनुहोस्