site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित न्यायाधीश मुसलमानले भने– गफ होइन, काम गर्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले आफूले गफ नभएर काम गर्ने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा मुसलमानले न्यायाधीशले नियमितरूपमा काम गरे मुद्दाको चाप घट्ने बताए ।

"न्यायाधीशले आफ्नो काम गर्ने हो, गफ गर्ने होइन । साढे १० बजे कजलिस्ट (न्यायाधीशसमक्ष पेस गरिने मुद्दाको सूची) हेर्नुपर्‍यो । त्यसले मुद्दा को चाप घट्छ," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो सुनुवाइ १० दिन पहिले भएको भए एक सयदेखि दुई सय वटासम्म मुद्दा टुंगिसक्ने पनि बताए ।

"सम्माननीयहरूले के गर्ने कसरी गर्ने भन्दा पनि इजलासमा आएपछि गर्ने हो, मेरो भूमिका यस्तै हो । कजलिस्ट तोकिन्छ, कजलिस्ट नछाड्ने हो । रिटायर्ड न्यायाधीशहरूले पनि त्यही भन्नुहुन्छ," उनले भने ।

Global Ime bank

आजका लागि संसदीय समितिको बैठक सकिएको छ । अब आइतबार बिहान ११ बजे बस्ने बैठकमा महेश शर्मा र टेकप्रसाद ढुंगानाको सुनुवाइ हुने तय भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement