site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शुक्लाफाँटा बुँदोकै–दो फुट कन्ट्याक्ट कराते च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौं । प्रथम प्रदेशस्तरीय शुक्लाफाँटा बुँदोकै–दो फुट कन्ट्याक्ट कराते च्याम्पियनसिप मंसिर २९ गतेदेखि सुरु हुने भएको छ ।

शुक्लाफाँटा बुँदोकै–दो शाखाको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ११ विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५० र खुला गरी सात विधामा प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलातर्फ ४०, ४५, ५० र खुला गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । 

Dabur Nepal
NIC Asia

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित बंसा कभर्ड हलमा हुने प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषगरी सुदूरपश्चिमका नौ जिल्लाका करिब ३०० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताले पाँच हजार, उपविजेताले तीन हजार, तेस्रो हुनेले दुई हजार र चौथो हुनेले एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको प्रतियोगिताको संयोजक एवं मुख्य प्रशिक्षक लक्ष्मण बोहराले बताए । 

“प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने हाम्रो अनुमान छ । यसका लागि स्थानीय तहले सहयोग गरेका छन्,” प्रशिक्षक बोहराले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro