site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई कालो झन्डा देखाउने ‘पहिचानवादी’ पक्राउ 

विराटनगर । नेकपा (एमाले)को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो ।

एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा)का सदस्य  एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।

Dabur Nepal
NIC Asia

कालो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन् ।

हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेको माखिमको भनाइ छ ।

धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् । ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए ।

यसैबीच, झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा धनकुटामा प्रवेश गरेको छ । यात्रा सुरु भएको १५औँ दिन पूर्वको अरुण तरेर धनकुटामा प्रवेश गरेको हो । अध्यक्ष ओली धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro