विदेश
काठमाडौं । लिबियाले ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेको छ ।
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानुनी आप्रवासीलाई उनीहरूका सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो । निर्वासित आप्रवासीको कुल संख्या अहिले ९६३ छ ।
इजिप्टियन आप्रवासीलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीलाई हवाईमार्गबाट उनीहरूको देशमा पठाइने बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ११:०३
प्रतिक्रिया दिनुहोस्