site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाली क्षेत्र र उच्च पहाडमा पनि आज हिमपात र वर्षा हुने छैन, किन ?
फाइल तस्बिर

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । 

काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् शान्ति कँडेलले बाह्रखरीलाई जानकारी दिइन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

आज देशभर हिमपात र वर्षाको सम्भावना छैन । “आज देशका कुतै पनि भू–भागमा वर्षा र हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपातको सम्भावना छैन । यसको कारण नेपालमा अहिले कुनै उल्लेख्य मौसमी प्रणाली छैन,” मौसमविद् कँडेल भन्छिन्, “पश्चिमी वायुको आंशिक प्रभाव मात्रै छ । पश्चिमी वायु स्ट्रङ भयो भने त्यसले वर्षा र हिमपात गराउँछ । अहिले यो कमजोर भएकाले हिमपात र वर्षा हुँदैन ।” अझै दुई/तीन दिन पश्चिमी वायु कमजोर रहने उनको भनाइ छ । पश्चिमी वायु कमजोर हुन्जेल बदली मात्रै हुनेछ । 

चिसो भने केही दिनयता बढ्दै गएको छ । हिजो बिहान काठमाडौंमा ५ः४५ बजे ५.८ डिग्री सेल्सियस तापक्रम थियो । आज सोही समयमा एक पोइन्ट घटेर ५.७ मा झरेको छ । हिजो बिहान ८ः४५ बजेको काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । 

हिमपात हुने जुम्लालगायत केही हिमाली जिल्लामा भने अघिल्लो सातादेखि नै तापक्रम माइनसमा मापन भइसकेको छ । त्यसैले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लाग्ने गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro