site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रातको समयमा काठमाडौंका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । विभिन्न मिति र स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारतको बैसालीका १८ वर्षीय किशोर, मोतीहारीका १९ वर्षीय किसन गिरी, विहारका २१ वर्षीय कृष्ण पोदार छन् । त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–६, सीतापाइला बस्ने ३० वर्षीय विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका–९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा पक्राउ परेका छन् । उनीहरूमध्ये विक्रम, रमेश र डिल्लीराम सुन पसले हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत असार १५ गते काठमाडौको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट सामान चोरी भएको थियो । 

१३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

Global Ime bank

उनीहरूबाट सुनको पोतेसहित नौगेडी तीन थान, सुनको मंगलसुत्र तीन थान, सुनको औठी तीन थान, सुनको तिलहरी दुई थान र सुनको झुम्का दुई जोर बरामद भएको बताइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !