site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रालयको संख्या घटाउनेसहित यी हुन् उपेन्द्र यादवको ५३ बुँदे सुझाव (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको बैठकमा सुझाव पेस गरेका हुन् । 

सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन आग्रह गरिएको छ । 

मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा यादवले सुझाव दिएका हुन् । 

प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो ।

उनले संघीयता कार्यान्वयन सम्बन्धमा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्ने, संघीय निजामती ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गनुपर्ने सुझाएका छन् । त्यस्तै, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, संविधानको अनुसूची ६ र ७ को अधिकार सूचीअनुसार प्रदेशलाई क्षेत्राधिकार प्रदान गर्न अध्यादेश जारी गर्ने उनको सुझाव छ । 

त्यस्तै, संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेश सरकारका विषयहरू प्रदेश सरकारलाई दिने र अनावश्यक खर्च कटौती गनुपर्ने सुझाव उनको छ ।

स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहनेगरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्ने, संविधानबमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू तुरुन्त हस्तान्तरण गर्नुपर्ने सुझाव उनको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro