कला

काठमाडौं । चलचित्र ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक टाइटल भिडियोअनुसार यो चलचित्र मंसिर १२ गतेबाट प्रदर्शनमा आउनेछ ।
एकता पौडेलको निर्देशन रहेको चलचित्र ‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने सिनेमामा आलोक शुक्लाको छयांकन छ ।
सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल छन् । कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्