site stats
बाह्रखरी :: Baahrakhari
देश
रुसी सेनामा भर्ना भएका डायमण्ड सी भन्छन्– रहर होइन बाध्यताले आएका हौँ

काठमाडौँ । नेपाली युवक डायमण्ड सी म्याग्देली अहिले रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा भर्ती भएका उनले नेपाली युवा रहरभन्दा पनि बाद्यताले रुसी सेनामा काम गरिरहेको बताएका छन् । 

उनले रुसी सेनामा काम गर्दा कुनै गुनासो नरहेको बताएका छन् । स्वेच्छाले रोजेको यात्रा भएकाले जोखिमपूर्ण भए पनि त्यसलाई आफूहरूले स्वीकार गरेको उनले बताएका छन् । माओवादी युद्धमा बन्दुक बोकेको प्रसंग उल्लेख गर्दै उनले त्यसबाट अपेक्षित उपलब्धी आम युवाले प्राप्त गर्न नसकेको पनि उल्लेख गरेका छन् । 

Argakhachi Cement Island Ad

युद्धमा हुने सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल र मिडियामार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने काम भएको भन्दै त्यसमा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । आफूलाई कयौं नेपाली युवाले कसरी रुसी सेनामा भर्ती हुने भनेर सोधिरहेको पनि जानकारी दिएका छन् । तर अहिले रुसी सेनामा भर्ती बन्द भएको उनले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्