site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्री–वितरणमा रोक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

धनुषा । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्री–वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा र माछामासुको बिक्री–वितरणमा रोक लगाएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाट यस्तो निर्णय गरिएको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, सेवन तथा पशुपक्षी काट्न, माछामासु बिक्री–वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

निर्देशनको पालना नगरे प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय