site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केसीको घरमा शेखर–गगन संवाद : अनि तय भयो भोलिका लागि बैठक

काठमाडौं । केही महिनाको ‘ग्याप’पश्चात् नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाए । मंसिर २६ गते मंगलबारका लागि काठमाडौंको अनुपम फूडल्यान्डमा समूहको बैठक बोलाइयो । तर, बैठक बस्ने समाचार सञ्चारमाध्यममा आएसँगै विवाद जस्तै देखियो । 

खासमा शेखरले बैठक बोलाउँदा महामन्त्री गगनकुमार थापासँग सल्लाह नभएको कुरा बाहिर आयो । मंसिर २६ गतेका लागि कार्यक्रम तय भइसकेको अवस्थामा थापा बैठकमा नजाने विषय बाहिर आए । यो घटनाले शेखर समूहमा एकरूपता नभएको चर्चा बाहिरियो । 

शेखरले सल्लाह नगरी बैठक बोलाएको समूहका नेताहरूले बताए । तर, शेखर निकट एक नेता एकलौटी सल्लाहबिनै बैठक बोलाइएको भन्ने कुरा ठाडै अस्वीकार गर्छन् । 

Dabur Nepal
NIC Asia

“हामीले बोलाउन उहाँलाई फोन गरेको हो । शेखर दाइले फोन गर्दा गगन दाइको अफ थियो । दिनेशजीले फोन गर्दा फोन उठेन । उहाँको सचिवालयमा खबर गर्दा यता खबर गरेर फोन गर्छु भन्नुभयो । तर, फोन आएन,” ती केन्द्रीय नेताले भने । 

यो घटनापछि कांग्रेस वृत्तमा शेखर–गगन सम्बन्धलाई लिएर बहस भए । त्यसपश्चात् केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संवाद अघि बढाए । 

“गगनजीसँग सल्लाह नभइ समय तय भएको रहेछ । गगनजीको आजको कार्यक्रम तय भएको रहेछ । भोलि भए गगनजीले समय निकाल्छु भन्नुभयो,” केन्द्रीय सदस्य मधु आचार्यले भने, “हिजो साँझ अर्जुननरसिंह केसी दाइले दुई, तीन घण्टा राखेर संवाद गराउनुभएको हो ।” 

केसीको घरमा संवाद : तिक्ततामा अरू खेल्छन्, मिल्नुको विकल्प छैन 
बैठकमा समूहका नेता शेखर कोइराला र समूहबाट महामन्त्री जितेका गगन थापासहितको टिम एकताबद्ध भएर अघि नबढे समूह कमजोर हुने विषयमा छलफल भएको थियो ।

बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए । केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो । आफूहरू मिलेर अघि बढने अरुलाई फाइदा पुग्नेमा समूह निष्कर्षमा पुगेको केसी बताउँछन् ।

सोहीकारण आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको उनको भनाइ छ । भोलिको बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बस्ने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro