काठमाडौं । १७औँ संसदीय दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल खेलमा प्रतिनिधिसभाको टोली विजयी भएको छ । प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० ले हराएको हो ।
प्रतिनिधिसभा टोलीको जितमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले दुई गोल गरे । नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले एक/एक गोल थपे ।
खेलको पहिलो हाफमा सापकोटाको गोलबाट टोलीले अग्रता बनाएको थियो । दोस्रो हाफमा प्रतिनिधिसभा टोलीले तीन गोल थप्यो ।
प्रतिनिधिसभा टोलीको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए । राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।
थप तस्बिर हेर्नोस्–