site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालीस्थित संयुक्त राष्ट्रसंघको मिसन १० वर्षपछि औपचारिक रूपमा अन्त्य

बामाको । मालीस्थित संयुक्त राष्ट्रसंघीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । 

मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसंघको झण्डा हटाइएकोे मिसनका प्रवक्ता फातुमाता काबाले एएफपीलाई बताए । सांकेतिक समारोहबीच राष्ट्रसंघीय सैनिक मिसनको औपचारिक अन्त्य भएको उनले बताए ।  

उनले भने, अगामी जनवरी १ पछि ‘परिसमापनको चरण’ हुनेछ, जसमा बाँकी उपकरणहरू अधिकारीहरूलाई हस्तान्तरण गर्ने जस्ता गतिविधिहरू समावेश हुनेछन् ।

मिनुस्मा भनिने संयुक्त राष्ट्रसंघीय स्थिरीकरण मिसन फिर्ता भएपछि क्षेत्रीय नियन्त्रणका लागि सेना र सशस्त्र समूहबीच युद्ध चर्किने हो कि भन्ने डर बढेको छ ।

मिनुस्माले विगत एक दशकदेखि मालीमा करिब १५ हजार सैनिक र प्रहरीलाई राखेको थियो । शत्रुतापूर्ण कारबाहीमा करिब १८० सैनिक मारिएका छन् ।

कूल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रबारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro